२०८१ मङि्सर ०७ गते शुक्रबार | 22 November, 2024

मुम्बइबाट ४ दिन अघि फर्केका कपिलवस्तुका दुई जनामा कोरोना

बिहिबार २५, बैशाख २०७७ ०८:५९

काठमाडौं । कपिलवस्तु जिल्लामा दुई जना कोरोना संक्रमित भेटिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेका छन् र अवस्था सामान्य  छ । मायादेवी गाउँपािलकाका उनीहरू ४ दिन अघि भारतकाे मुम्बइबाट फर्केका थिए । नाका सिल भएका बेला चाकलचाैडा क्षेत्रबाट लुकेर छिरेका उनीहरू घर नपुगेर क्वारेन्टाइनमा बसिरहेका थिए । 

कपिलवस्तुमा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ ।


#काेराेना

प्रतिकृया दिनुहोस