२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

दैलेखमा बस दुर्घटना, चार जनाकाे मृत्यु

- विशेष खबर बिहिबार १२, जेठ २०७९ ०८:२९

दैलेखमा बस दुर्घटना, चार जनाकाे मृत्यु

दैलेख । दैलेखको आठबिस नगरपालिका-२ स्थित सिस्नेमा भएकाे बस दुर्घटनामा चार जनाकाे मृत्यु भएकाे छ । कालीकोटबाट सुर्खेत हुँदै नेपालगञ्ज जाँदै गरेको म१ख ६६० नम्बरको बस बुधबार राति दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हाे ।

मृत्यु हुनेमा दैलेखको दुल्लु नगरपालिका-९ का प्रेम सुनार र काशीराम पाण्डे, कालीकोटको पलता गाउँपालिका-३ का ज्ञानबहादुर बम र धनकला शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी भुबनेश्वर साहले बताए ।

बसमा सवार केही यात्रु घाइते भएका छन् । उनीहरूको स्थानीय स्वास्थ्य चौकी र कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । 


प्रतिकृया दिनुहोस