२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

एम्बुलेन्स दुर्घटनामा वृद्धाको मृत्यु

- रासस बिहिबार १२, जेठ २०७९ ०८:२२

एम्बुलेन्स दुर्घटनामा वृद्धाको मृत्यु

सिन्धुपाल्चाेक । लामोसाँघु–जिरी सडकखण्डको दुईकिलोमा एम्बुलेन्स दुर्घटनामा परी एक वृद्धाको मृत्यु भएको छ । गए राति खाडीचौर बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित बा२०च ६३२७ नंको एम्बुलेन्स दुर्घटनामा परेको हो ।

दुर्घटनामा सुनकोसी–७ की ८९ वर्षीया मनमाया खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । एम्बुलेन्स दुर्घटनामा परी सडक छेउको घरमा पसेपछि खड्काको मृत्यु भएको हो । एम्बुलेन्स सडकमा अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।


प्रतिकृया दिनुहोस