२०८१ बैशाख १२ गते बुधबार | 24 April, 2024

अमेरिकाको एक स्कुलमा किशोरले अन्धाधुन्ध गोली चलाउँदा १८ बालबालिकासहित २१ को मृत्यु

एजेन्सी बुधबार ११, जेठ २०७९ ०८:१९

अमेरिकाको एक स्कुलमा किशोरले अन्धाधुन्ध गोली चलाउँदा १८ बालबालिकासहित २१ को मृत्यु

एजेन्सी । अमेरिकाको टेक्सस राज्यस्थित एउटा विद्यालयमा बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा शिक्षकसहित कम्तीमा २१ जनाको ज्यान गएको छ।

सातदेखि १० वर्षका बालबालिका अध्ययन गर्ने टेक्सासको युभाल्ड सहरस्थित इलेमेन्टरी स्कुलमा पसेर एक १८ वर्षीय किशोरले अन्धाधुन्ध गोली चलाउँदा १८ बालबालिकासहित २१ जनाको ज्यान गएको समाचार संस्था एपीले जनाएको छ।

टेक्सासको सार्वजनिक सुरक्षा विभागका अधिकारीका अनुसार अन्धाधुन्ध गोली चलाउने १८ वर्षीय किशोर पनि घटनामा मारिएका छन्। 

राज्यका गभर्नर ग्रेग याबटले आक्रमणकारीले पेस्तोल प्रयोग गरेको र राइफलको पनि प्रयोग भएको हुनसक्ने बताएका छन्। दक्षिणी टेक्साको युभाल्डस्थित रब इलेमेन्टरी स्कुलमा पसेर ती किशोरले बालबालिकाहरुमाथि अन्धाधुन्ध राइफल चलाएका थिए।

रब एलिमेन्ट्री स्कूलमा पुग्नुअघि ती बन्दुकधारीले आफ्नी हजुरआमालाई गोली हानी हत्या गरेको समेत एपीले जनाएको छ।राज्यका गभर्नर ग्रेग याबटले आक्रमणकारीले पेस्तोल प्रयोग गरेको र राइफलको पनि प्रयोग भएको हुनसक्ने बताएका छन्।

दक्षिणी टेक्साको युभाल्डस्थित रब इलेमेन्टरी स्कुलमा पसेर ती किशोरले बालबालिकाहरुमाथि अन्धाधुन्ध राइफल चलाएका थिए। रब एलिमेन्ट्री स्कूलमा पुग्नुअघि ती बन्दुकधारीले आफ्नी हजुरआमालाई गोली हानी हत्या गरेको समेत एपीले जनाएको छ।


प्रतिकृया दिनुहोस