२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्स कलेजका एक शिक्षक पक्राउ

- विशेष खबर मङ्गलबार १०, जेठ २०७९ ०२:१७

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्स कलेजका एक शिक्षक पक्राउ

काठमाडाैं । विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका एक शिक्षक पक्राउ परेका छन्।

उक्त कलेजका को-अर्डिनेटर जनार्दन अधिकारी पक्राउ परेका हुन्। उनीविरूद्ध मंगलबार तीन जना विद्यार्थीले उजुरी दिएपछि पक्राउ गरिएको प्रहरी वृत्त गौशलाले जनाएको छ।

पीडित विद्यार्थीले अभिभावकलाई भनेपछि घटना बाहिरिएको हो। शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरू आन्दोलित भएका छन्। एक विद्यार्थीका अनुसार ती शिक्षकले एक महिनादेखि नै यौन दुर्व्यवहार गर्दै आएका थिए।

अरू विद्यार्थीहरूमाथि पनि शिक्षकले यौन दुर्व्यवहार गर्ने गरेको आरोप छ।


प्रतिकृया दिनुहोस