२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

चम्पावतमा विधानसभा चुनाव, शनिबार गड्डाचौकी नाका बन्द हुने

मङ्गलबार १०, जेठ २०७९ १०:२४

चम्पावतमा विधानसभा चुनाव, शनिबार गड्डाचौकी नाका बन्द हुने

कज्ञ्चनपुर । भारतको उत्तराखण्डको चम्पावत विधानसभा क्षेत्र ५५ को उपनिर्वाचनका लागि पश्चिमी सीमानाका गड्डाचौकी बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीका अनुसार यही जेठ १४ गते बेलुकी ५ बजेदेखि जेठ १७ गते बेलुकी ५ बजेसम्मका लागि सीमानाका बन्द हुने भएको हो ।

गड्डाचौकीलगायत भारतको चम्फावत जिल्लासँग जोडिएका क्षेत्रहरूको सीमानाका बन्द हुने उहाँले बताउनुभयो । सो अवधिमा स्वास्थ्योपचारलगायत अन्य अत्यावश्यक सेवाका लागि भने अनुमतिप्राप्त हुने बताइएको छ ।


प्रतिकृया दिनुहोस