२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

पहिला जोसँग हारे अहिले उसैलाई हराए

- रासस शुक्रबार ०६, जेठ २०७९ ०८:२९

पहिला जोसँग हारे अहिले उसैलाई हराए

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्षमा २०७४ सालको स्थानीय तह निर्वाचनमा पराजित भएका नेकपा एमालेका बेगप्रसाद गर्बुजाले त्यतिबेलाकै प्रतिस्पर्धीलाई पराजित गरेका छन् । निवर्तमान गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकालाई गर्बुजाले पराजित गरेका हुन्।

विसं २०७४ मा रोकाले गर्बुजालाई ८५ मतले पराजित गरेका थिए । यसपटकको निर्वाचनमा गर्बुजाले रोकालाई १२१ मतान्तरले हराउँदै जित हासिल गरेका हुन् । 

गर्बुजाले तीन हजार ९१, रोकाले दुई हजार ९७० र नेकपा माओवादी केन्द्रका रेशमबहादुर जुग्जालीले दुई हजार २२५ मत प्राप्त गरेका छन् । तेह्र हजार २०१ मतदाता रहेको मालिकामा आठ हजार ८४५ मत खसेको थियो । 

कूल ६ स्थानीय तह र ४५ वडा रहेको म्याग्दीमा एमालेले २२ वडासहित चार स्थानीय तहमा प्रमुख, तीन स्थानीय तहमा उपप्रमुख, कांग्रेसले १७ वडासहित दुई स्थानीय तहमा प्रमुख र एउटामा  उपप्रमुख तथा माओवादी केन्द्रले ६ वडासहित दुई स्थानीय तहमा उपप्रमुखमा जित हासिल गरेको छ ।


प्रतिकृया दिनुहोस