२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

श्रीलंकामा संकट झन् बढ्याे

बुधबार ०४, जेठ २०७९ १०:००

कोलम्बो । पछिल्लो समय विभिन्न समस्याबाट गुज्रिरहेको श्रीलंकामा आर्थिक संकट झन् गहिरिएको छ । श्रीलंकाले हाल स्वतन्त्रतायताकै खराब आर्थिक संकटको सामना गरिरहेको छ । नवनियुक्त प्रधानमन्त्री रनिल विक्रमासिंघेले देशमा एक दिनका लागि पेट्रोलियम पदार्थ बाँकी रहेको जनाएका छन् । 

टेलिभिजन सम्बोधन गर्दै विक्रमासिंघेले अत्यावश्यक वस्तु तथा सामग्रीको आयातका लागि तत्काल ७ करोड ५० लाख अमेरिकी डलर आवश्यक रहेको जनाएका छन् । सरकारी तलब र ज्यालाको भुक्तानीका लागि केन्द्रीय बैंकले पैसा छाप्नुपर्ने बताए ।

संकटसँग जुध्नका लागि सरकारी स्वामित्वमा रहेको श्रीलंका एयरलाइन्सलाई निजीकरण गर्न सकिने विक्रमासिंघेको भनाइ छ । एयरलाइन्सले एक वर्षमा करिब १३ करोड अमेरिकी डलर बराबरको घाटा बेहोरेको जनाइएको छ ।

विक्रमासिंघे बिहीबार मात्र प्रधानमन्त्री नियुक्त भएका हुन् । पदभार ग्रहणपछि बोल्दै उनले ‘श्रीलंकाको अर्थतन्त्र सुधार गर्ने तर केही समय अझै नराम्रो हुने’ चेतावनी दिएका थिए ।


प्रतिकृया दिनुहोस