२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

बझाङका दुई मतदान केन्द्रमा शंकास्पद वस्तु फेला

शुक्रबार ३०, बैशाख २०७९ ०७:४९

धनगढी । बझाङका दुई मतदान केन्द्रमा शंकास्पद वस्तु फेला परेका छन् । प्रहरीका अनुसार जिल्लाको जयपृथ्वी नगरपालिका-९१ मा रहेको नारायण मावि पिमी कैलाश मतदान केन्द्र र बुंगल पिजली भन्ने ठाउँमा महादेव मावि अठपाली मतदान केन्द्र जाने बाटोमा शंकास्पद वस्तु भेटिएको हो ।

जयपृथ्वीस्थित मतदान केन्द्रमा प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद वस्तु र बुंगलमा रङको बट्टाजस्तो शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।

दुवै ठाउँमा सेनाको टोली परिचालन गरिएको बझाङ प्रहरीले जनाएको छ।


प्रतिकृया दिनुहोस