२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

डाेटीमा बस दुर्घटना, कम्तीमा २५ जना घाइते

- विशेष खबर बिहिबार २९, बैशाख २०७९ ०८:०२

डाेटीमा बस दुर्घटना, कम्तीमा २५ जना घाइते

डाेटी । डाेटीकाे पूर्वीचाैकी गाउँपालिका-४ सानागाउँमा बस दुर्घटना हुँदा कम्तीमा २५ जना घाइते भएका छन् । धनगढीबाट बाजुराका लागि छुटेको सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस बिहीबार बिहान दुर्घटनामा परेकाे हाे । 

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी भोलाप्रसाद भट्टका अनुसार घाइतेमध्ये पाँच जनालाई अस्पताल पुर्‍याइएकाे छ ।

कम्तीमा २५ जना घाइते भएकाे र अन्यलाई पनि अस्पताल ल्याउन थालिएको भट्टले बताए । दुर्घटनाकाे कारण खुल्न सकेकाे छैन ।


प्रतिकृया दिनुहोस