२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

बुटवलको मिलनचोकमा बम विस्फोट

- विशेष खबर बुधबार २८, बैशाख २०७९ १०:५२

बुटवलको मिलनचोकमा बम विस्फोट

रूपन्देही । बुटवलको मिलनचोकमा बुधबार साँझ बम विस्फोट भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार मिलनचोकको आकाशे पुल नजिकै बम पड्किएको हो ।

वडा ८ को मतदान केन्द्रबाट नजिकै पर्ने उक्त स्थानबाट नेकपा माओवादीको नाममा पर्चाहरुसमेत फेला परेको प्रहरीले जनाएको छ ।

विस्फोटक पदार्थ पड्किएको स्थान तथा वरपर केही छर्राहरु समेत फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान र खोजतलास भइरहेको प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।


प्रतिकृया दिनुहोस