२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

धनगढी उडेको श्रीएयरलाइन्सको जहाजमा समस्या देखिएपछि काठमाडौंमा आकस्मिक अवतरण

- विशेष खबर बुधबार २८, बैशाख २०७९ ०१:३८

धनगढी उडेको श्रीएयरलाइन्सको जहाजमा समस्या देखिएपछि काठमाडौंमा आकस्मिक अवतरण

काठमाडौं । इन्जिनमा समस्या देखिएपछि काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज काठमाडौंमै आकस्मिक अवतरण गराइएको छ ।

जहाजकाे ‘बायाँ इन्जिन’मा समस्या आएपछि काठमाडौंबाट २५ नटिकल माइल उडिसकेको श्रीको जहाज काठमाडौं फर्काएर आकस्मिक अवतरण गराइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जनाएका छन् ।

सिटौलाका अनुसार १२ बजेर ८ मिनेटमा काठमाडौंमा उक्त विमानलाई अवतरण गराइएको हो । एउटा इन्जिनमा समस्या आएपछि एउटा इन्जिनका भरमा मात्रै उक्त विमानलाई काठमाडौं फर्काइएको हो ।

विमानमा ८० जना यात्रु रहेको सबै सकुशल रहेको पनि एयरलाइन्सले जानकारी दिएको छ ।


प्रतिकृया दिनुहोस