२०८१ बैशाख २० गते बिहिबार | 2 May, 2024

सीमा नाका आजदेखि बन्द हुँदै

- विशेष खबर मङ्गलबार २७, बैशाख २०७९ ०७:१२

सीमा नाका आजदेखि बन्द हुँदै

काठमाडाैं । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आज रातिदेखि सीमा नाकाहरू बन्द हुने भएका छन् । 

भारत र चीनसँग जोडिएका नाकाहरू ७२ घण्टाका लागि बन्द गर्न लागिएको हाे । शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउनका लागि भन्दै आज राति १२ बजेदेखि वैशाख ३० गते राति १२ बजेसम्मका लागि सीमा नाका बन्द गरिने बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए।  

यसअघि खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचनअघि ७२ घण्टासम्म सीमा नाका बन्द गर्ने निर्णय भएको थियो ।

दुई पक्षीय बैठकले निर्वाचनको ४८ घण्टा अघि दुई देशका सीमा क्षेत्रमा मदिराको बेचविखन र सेवनमा रोक लगाउने निर्णय भएको थियो । बाँकेसँग भारतको सीमा जोडिएको क्षेत्र ६५ किलोमिटर तथा बर्दियाको ८२ किलोमिटर क्षेत्र पर्छ । 


प्रतिकृया दिनुहोस