२०८१ बैशाख २० गते बिहिबार | 2 May, 2024

पहिरोले अवरूद्ध मुग्लिन-नारायणगढ सडक खुल्याे

- विशेष खबर आइतबार २५, बैशाख २०७९ ०७:४२

पहिरोले अवरूद्ध मुग्लिन-नारायणगढ सडक खुल्याे

चितवन । पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित तोपेखोलामा पहिरो खस्दा शनिबार साँझ करिब ७ः४० बजेदेखि सडक अवरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक बिहान ५ः३० बजेबाट सञ्चालनमा आएको हो । पहिरो पन्छाउनका लागि मुग्लिन र भरतपुरबाट एक–एकवटा जेसिभी प्रयोग गरिएको थियो ।

पहिरो हटाएसँगै अलपत्र परेका सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेका छन् । 


प्रतिकृया दिनुहोस