२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

आज पनि पहाडी क्षेत्रमा वर्षा

- विशेष खबर बिहिबार २२, बैशाख २०७९ ०७:१५

आज पनि पहाडी क्षेत्रमा वर्षा

काठमाडाैं । स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली  प्रभाव हाल नेपालमा पनि रहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरूमा र बाकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

भाेलि शुक्रबार पनि देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरूमा र बाकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।


प्रतिकृया दिनुहोस