२०८१ मङि्सर ०९ गते आइतबार | 24 November, 2024

काभ्रे दुर्घटनाका मृतककाे पहिचान खुल्याे

- विशेष खबर बुधबार २१, बैशाख २०७९ ०३:५७

काभ्रे दुर्घटनाका मृतककाे पहिचान खुल्याे

काठमाडाैं । काभ्रेको रोशी गाउँपालिका–११ स्थित बिपी राजमार्गमा बुधबार दिउँसो दुई वटा गाडी आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु हुनका साथै १८ घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार भारतीय तीर्थयात्री लिएर काठमाडौंबाट भारततर्फ जाँदै गरेको युपी ५८ टी ८१८१ नम्बरको फोर्स गाडी र सिन्धुलीबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ४२१० नम्बरको टाटासुमो बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–११ स्थित बढुवेशीमा आपसमा ठोकिँदा टाटासुमोमा सवार पाँच जनाको मृत्यु भएको हो । 

दुर्घटनामा मुत्यु हुनेमा सिन्धुली कमलामाई नगरपालिका–७ बस्ने वर्ष ३० का विक्रम श्रेष्ठ, सोही नगरपालिका–४ बस्ने वर्ष ४५ का हरिबहादुर बल, सुनकोशी गाउँपालिका–१ बस्ने वर्ष ४४ का प्रमिला नेपाली, रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका–८ बस्ने वर्ष ३० का सम्झना भुसाल र निजको छोरा वर्ष ६ को सङ्गीत भुसाल रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी १८ जना भएको र उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले दुवै गाडीलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक खतिवडाले बताए ।


प्रतिकृया दिनुहोस