२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

भारतीय पर्यटक बाेकेकाे मिनीबस र जिप ठोक्किँदा ५ जनाको मृत्यु

- विशेष खबर बुधबार २१, बैशाख २०७९ ०३:०७

भारतीय पर्यटक बाेकेकाे मिनीबस र जिप ठोक्किँदा ५ जनाको मृत्यु

काठमाडाैं । काभ्रेको रोशी गाउँपालिका–११ बढुवेशीमा भारतीय पर्यटक बोकेको मिनि बस र जिप ठोक्किँदा एक बालकसहित ५ जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् । 

बुधबार दिउँसाे भारतीय पर्यटक बोकको यूपी५८टी ८१८१ नम्बरको मिनी बस र काठमाडौं जाँदै गरेको ना १ ज ४२१० नम्बरको जिप ठक्कर खाँदा ५ जना नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी हरि खतिवडाले बताए ।

अन्दाजी ६/७ वर्षका बालकसहित ५ जनाकाे मृत्यु भए पनि पहिचान खुलिनसकेको डीएसपी खतिवडाले बताए । दुर्घटनामा घाइते भएकाहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिकृया दिनुहोस