बुधबार २४, बैशाख २०७७ ०४:४०
एजेन्सी । जापानमा मंगलबार ४ बजेर ५७ मिटेनमा भूकम्पको धक्का महसुस गरिएको छ । जापानको इचिहारामा ५.१ म्याग्निच्युडको भूकम्प गएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।
भूकम्पको केन्द्र ६९.०४ किलोमिटरको गहिराईमा रहेको अमेरिकी भूगर्भ विभागले जनाएको छ ।
भूकम्पको झड्का महसुस गरिए पनि सुनामीको कुनै सम्भावना नभएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस