२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

युक्रेन र रुसबीच शान्ति वार्ता पुनः शुरु हुने

एजेन्सी शुक्रबार १८, चैत २०७८ ०७:०५

युक्रेन र रुसबीच शान्ति वार्ता पुनः शुरु हुने

काठमाडाैं । युक्रेन र रुसले शुक्रबार अनलाइन ढाँचामा शान्ति वार्ता पुनः शुरु गर्न लागेको युक्रेनी प्रतिनिधिमण्डलका सदस्य डेभिड अरखामियालाई उद्धृत गर्दै युक्रेनफर्म समाचार एजेन्सीले बताएको छ। 

वार्ताको क्रममा युक्रेनी र रुसी प्रतिनिधिमण्डलहरूले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बीचको बैठकको लागि आवश्यक सम्झौता गर्न प्रयासहरू तीव्र पार्ने पनि अरखामियाले टेलिग्राममा  गल्लेख गरेका छन् । 'हामी आशा गर्छौं राष्ट्रपतिहरूले अर्को भेट गर्नेछन्', अरखामियाले भने । युक्रेनी पक्षले रुस वा बेलारुस बाहेक अन्यत्र बैठक बस्न जोड दिदै आएको छ। 

तास  समाचार एजेन्सीका अनुसार क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बिहीबार भनेका छन्, 'भोलि (शान्ति वार्ता) पुन: शुरु गर्ने बारे छलफल भएको छ यदि यो भयो भने हामी तपाईंलाई सूचित गर्नेछौं।', 'पुटिन र जेलेन्स्कीबीचको सम्भावित भेटको कुनै स्पष्ट समयावधि छैन स्पष्ट पारिएको छैन', उनले भनेका छन् । 

‘सम्झौताको पाठमा कामलाई अन्तिम रूप दिन, उच्चपदस्थ अधिकारीले यस पाठको स्वीकृति र प्रारम्भ गर्नुअघि उच्च तहको बैठक बोलाउनुपर्छ’ ।


#युक्रेन #रुस

प्रतिकृया दिनुहोस