२०८१ मङि्सर ११ गते मङ्गलबार | 26 November, 2024

क्वारेन्टाइन लैजाँदा बाटाेमा मृत्यु भएका वृद्धकाे कोरोना रिपाेर्ट नेगेटिभ

मङ्गलबार २३, बैशाख २०७७ १०:५६

बैतडी । क्वारेन्टाइनमा लैजाँदै गर्दा बाटैमा मृत्यु भएका बैतडीको पुर्चौडीका ६७ वर्षीय जुने लुहारको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।

उनको शनिबार पुर्चौडी नगरपालिका–६ को क्वारेन्टाइनमा लैजाँदै गर्दा खडायत गाउँ नजिकैको बाटोमा मृत्यु भएको थियो।

स्वाब सङ्कलन गरी परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएकोमा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।

भारतीय सीमा नाका झुलाघाटबाट उद्धार गरेर ल्याइएका लुहारको शनिबार मृत्यु भएको थियो। उनी वैशाख १८ गते भारतको पिथौरागढबाट झुलाघाट नाका हुँदै नेपाल आएका थिए।

एक महिनाअघि उपचारका लागि भारतको पिथौरागढ पुगेका लुहार लकडाउनका कारण पिथौरागढमै बसेका थिए। मृतकको शवलाई प्लाष्टिक बेरेर सुरक्षात्मक तरिकाले दाहसंस्कार गरिसकिएको पुर्चौंडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुंवरले जानकारी दिए।


प्रतिकृया दिनुहोस