२०८१ जेठ ०९ गते बुधबार | 22 May, 2024

नुहाउने क्रममा भेरी नदीमा तीन बालबालिका बेपत्ता

- रासस शनिबार २८, फागुन २०७८ ०९:३१

नुहाउने क्रममा भेरी नदीमा तीन बालबालिका बेपत्ता

वीरेन्द्रनगर । भेरी नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका छन् । सुर्खेतको भेरिगंगा नगरपालिका–११ रामघाटस्थित भेरी नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका हुन् । 

शनिबार साँझ ५ बजेको समयमा उनीहरू नुहाउने क्रममा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । स्थानीयका अनुसार बेपत्ता हुनेमा भेरीगंगा नगरपालिका–११ का १० वर्षीय गंगा खड्का, आठ वर्षीय कृष्णा सिजाली र १० वर्षीय दिनेश बुढा रहेका छन् । 

बेपत्ता बालबालिकाको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयले खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । 


प्रतिकृया दिनुहोस