२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

फुङ्लिङ बजारमा आगलागी, एक वृद्धाकाे मृत्यु

- विशेष खबर शुक्रबार २७, फागुन २०७८ १०:२८

फुङ्लिङ बजारमा आगलागी, एक वृद्धाकाे मृत्यु

ताप्लेजुङ । ताप्लेजुङकाे फुङ्लिङ नगरपालिका-४ मा आगलागी हुँदा एक वृद्धाकाे ज्यान गएकाे छ । कोप्चेको पुरानो गोसलाइनमा भएको आगलागीमा ६७ वर्षीया चुलीमाया लिम्बूको मृत्यु भएको फुङ्लिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेलले जानकारी दिए ।

सुरक्षा फौज र फुङ्लिङ नगरपालिकाको दमकलकाे सहायतामा आगो नियन्त्रणमा लिइएको छ । आगलागी हुनुको कारण खुल्न सकेको छैन ।

स्थानीय रबिन लिम्बुको घरबाट सुरु भएको आगोले छिमेकी संगिता मादेनको घर पूर्ण रुपमा क्षति भएको छ । 


प्रतिकृया दिनुहोस