२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

न्यून चापीय प्रणालीकाे प्रभाव, अपराह्नपछि पहाडी क्षेत्रमा चट्याङसहित वर्षाकाे सम्भावना

- विशेष खबर बिहिबार २६, फागुन २०७८ ०८:३७

न्यून चापीय प्रणालीकाे प्रभाव, अपराह्नपछि पहाडी क्षेत्रमा चट्याङसहित वर्षाकाे सम्भावना

काठमाडाैं । देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ । अन्य क्षेत्रमा मौसम सफा  छ ।

दिउँसो पहाडी भूभागमा अपरान्हपछि एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।


प्रतिकृया दिनुहोस