२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

एकै परिवारका ५ जना अचेत फेला, एक जनाको मृत्यु

- विशेष खबर मङ्गलबार २४, फागुन २०७८ ०९:२७

काठमाडौं । नागार्जुन नगरपालिका–६ डाँडापौवामा एकै परिवारका ५ जना अचेत अवस्थामा फेला परेका छन् । उपचारका लागि अस्पताल लगिएका एक जनाको मृत्यु भएको छ ।

सोमबार साढे ९ बजेतिर डाँडापौवास्थित एउटा घरको दोस्रो तलामा फ्ल्याट भाडामा लिइ बस्ने डल्लु स्थायी घर हुने परिवारका मानिसहरु नाम नखुलेको विषादी औषधि सेवन गरी बेहोस अवस्थामा रहेको भन्ने खबर प्राप्त भएपछि प्रहरी वृत्त स्वयम्भू तथा महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

अचेत अवस्थामा रहेका ६२ वर्षीया इन्दिरामाया प्रधान, ३८ वर्षीय भिममान प्रधान, ३५ वर्षीया मन्दिरा प्रधान, ३३ वर्षीय सुर्वणमान प्रधान र ११ वर्षीया सुप्रिया प्रधान हुन् । प्रहरीका अनुसार ३३ वर्षीय सुर्वणमान प्रधानलाई साढे १० बजे मृत घोषणा गरिएको थियो । अचेत अवस्थामा फेला परेकाहरुलाई तत्काल उपचारको लागि मनमोहन मेमोरियल अस्पताल स्वयम्भू लगेर उपचार थालिएको थियो ।

विषादी सेवनबारे कारण र समय नखुलेको प्रहरीले बताएको छ । घटनाबारे प्रहरी वृत्त स्वयम्भूबाट थप अनुसन्धान भइरहेको छ ।


प्रतिकृया दिनुहोस