२०८१ बैशाख २२ गते शनिबार | 4 May, 2024

रुसी सेनाले १६० भन्दा बढी शैक्षिक संस्था ध्वस्त गरेको युक्रेनको दाबी

एजेन्सी शुक्रबार २०, फागुन २०७८ ०७:१५

रुसी सेनाले १६० भन्दा बढी शैक्षिक संस्था ध्वस्त गरेको युक्रेनको  दाबी

काठमाडाैं । रुसी सेनाको गोलाबारीबाट युक्रेनमा १ सय ६० भन्दा बढी शैक्षिक संस्थाहरू आंशिक वा पूर्ण रूपमा ध्वस्त भएको युक्रेनको विदेश मामिला मन्त्रालय (एमएफए) ले शुक्रबार जनाएको छ।

युक्रेनका शिक्षा मन्त्रीका अनुसार युक्रेनका १ सय ६० भन्दा बढी शैक्षिक संस्थाहरू रुसी सेनाको गोलाबारीबाट आंशिक वा पूर्ण रूपमा ध्वस्त भएका छन्।

बेलायत, अमेरिका, क्यानडा र युरोपेली संघलगायत धेरै देशले युक्रेनमा रुसको सैन्य कारबाहीको निन्दा गरेका छन् र मस्कोमाथि प्रतिबन्ध लगाएका छन्। यी देशहरूले युक्रेनलाई रुससँग लड्न सैन्य सहयोग गर्ने वाचा पनि गरेका छन्।

अमेरिका, क्यानडा र युरोपेली सहयोगीहरूले प्रमुख रुसी बैंकहरूलाई अन्तरबैंक सन्देश प्रणाली, SWIFT बाट हटाउन सहमत भएका छन्।

यसबाट रुसी बैंकहरूले रुसको सिमाना बाहिरका बैंकहरूसँग सुरक्षित रूपमा सञ्चार गर्न सक्ने छैनन्। राष्ट्रपति पुटिनले अमेरिका र उसका सहयोगीहरू विरुद्ध विशेष आर्थिक उपायको अध्यादेशमा पनि हस्ताक्षर गरेका छन्।


#रूस #युक्रेन #युद्ध

प्रतिकृया दिनुहोस