२०८१ बैशाख २६ गते बुधबार | 8 May, 2024

उपत्यकाका सबै प्रतिबन्धात्मक व्यवस्था हटे

- रासस शुक्रबार २०, फागुन २०७८ ०६:४८

उपत्यकाका सबै प्रतिबन्धात्मक व्यवस्था हटे

काठमाडाैं । कोभिड–१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा लगाइएका सबै प्रतिबन्धात्मक व्यवस्था हटाइएको छ । उपत्यकाको ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरले आज एक आदेश जारी गरी यसअघि जारी भएका सबै प्रतिबन्धात्मक व्यवस्था पूर्ण रूपमा हटाइएको जानकारी गराएको छ । 

पछिल्लो समयमा कोरोना संक्रमण घट्दै गएको यही २१ गते शनिबारदेखि लागू हुनेगरी कानून बमोजिमका राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक तथा व्यावसायिक क्रियाकलाप सञ्चालन गर्न/गराउन उक्त आदेशमा भनिएको छ । आदेशमा यसरी गतिविधि सञ्चालन गर्दा प्रचलित स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न आग्रह गरिएको छ ।
 
तीनै प्रशासन कार्यालयले कोभिड–१९ संक्रमण, रोकथाम, नियन्त्रण, निदान र उपचार प्रभावकारी बनाउन नेपाल सरकार मन्त्रिपरिषदबाट भएका निर्णय, कोभिड–१९ सकंट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस, कोभिड–१९ सक्रंमण जोखिम  नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि २०७८, संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ समेतले दिएको अधिकार प्रयोग गरी विभिन्न आदेश जारी गरेको थियो ।

तीनै जिल्लाका प्रशासन कार्यालयले संक्रमणकाे कठिन समयमा आदेशको पालना गरी संक्रमण रोकथाममा सहयोग गरेकामा सबैलाई धन्यवाद पनि दिएको छ । 


#काेराेना संक्रमण #राेकथाम #प्रशासन

प्रतिकृया दिनुहोस