२०८१ बैशाख २२ गते शनिबार | 4 May, 2024

स्थानीय तहकाे निर्वाचन : मतदाता नामावलीमा दाबी-विरोध आजदेखि

- विशेष खबर शुक्रबार २०, फागुन २०७८ ०८:४६

स्थानीय तहकाे निर्वाचन : मतदाता नामावलीमा दाबी-विरोध आजदेखि

काठमाडाैं । निर्वाचन आयोग आगामी ३० वैशाखमा तय भएकाे स्थानीय तहकाे निर्वाचनमा हाेमिएकाे छ । जसअन्तर्गत आजदेखि मतदाता नामावलीमा दाबी-विराेध सुरु भएकाे छ । 

आयाेगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार २६ फागुनसम्म मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुटो विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिन पाइनेछ ।

याे अवधिमा मृत्यु भएका वा नागरिकता त्यागेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउन सूचना दिने, उजुरी परेको मतदातालाई प्रमाणसहित सफाइको मौका दिइने उनले जनाए । 

७७ वटै जिल्लास्थित निर्वाचन कार्यालयमा दाबी-विरोधका लागि निवेदन दिन सकिने र साेही आधारमा आयाेगले छानबिन गरेर मतदाताकाे अन्तिम नामावली प्रकाशन गर्नेछ ।


प्रतिकृया दिनुहोस