२०८१ मङि्सर ०९ गते आइतबार | 24 November, 2024

आज ग्याल्पो ल्होसार, देशभर सार्वजनिक बिदा

- विशेष खबर बिहिबार १९, फागुन २०७८ ०७:५४

आज ग्याल्पो ल्होसार, देशभर सार्वजनिक बिदा

काठमाडौं । आज शेर्पा समुदायकाे पर्व, ग्याल्पाे ल्हाेसार ।  सरकारले ग्याल्पो ल्होसारका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएकाे छ । १६ फागुनको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सार्वजनिक बिदा दिने निर्णय भएको हाे ।

सरकारी कार्यालयदेखि संघसंस्थाका सेवा आज बन्द रहनेछन् । ग्लाल्पो लोसार बौद्ध धर्मावलम्बीको पर्व हो । नयाँ वर्षका रुपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार बनाउने गरेका छन् ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्षमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।


प्रतिकृया दिनुहोस