२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

बलात्कार आरोप लागेका एमाले सांसद बानियाँ पक्राउ

- विशेष खबर सोमबार १६, फागुन २०७८ ०९:३४

बलात्कार आरोप लागेका एमाले सांसद बानियाँ पक्राउ

नेपालगञ्ज । जबर्जस्ती करणीको आरोप लागेका नेकपा एमाले सांसद मोहन बानियाँ पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेले उनलाई सोमबार साँझ पक्राउ गरेको हो ।  बाँकेका डीएसपी मधुसुदन न्यौपानेले बानियाँलाई नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरीएको बताए ।  अहिले उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखिएको छ । 

माघ १९ गते नेपालगन्जस्थित अप्सरा होटलमा सांसद बानियाँले ४० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको उजुरी प्रहरीमा परेको थियो । पीडित महिलाले सांसद बानियाँविरुद्ध माघ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । जबर्जस्ती करणी अभियोगमा सांसद बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । 


प्रतिकृया दिनुहोस