२०८१ बैशाख २६ गते बुधबार | 8 May, 2024

खोपमा सबैको पहुँच पुर्‍याउन अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपालको आह्वान

- रासस शनिबार १४, फागुन २०७८ ०५:१७

खोपमा सबैको पहुँच पुर्‍याउन अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपालको आह्वान

काठमाडाैं । परराष्ट्रमन्त्री डा नारायण खड्काले अहिलेको महामारीलाई साझा विश्वव्यापी समस्याका रूपमा स्वीकार गर्दै खोपमा सबैको पहुँच पुर्‍याउन र त्यसलाई सस्तो बनाउन सुदृढ प्रयासका निम्ति अन्तर्राष्ट्रिय समुदायसमक्ष आह्वान गरेका छन् ।

संयुक्त राष्ट्रसघं महासभाका अध्यक्षले विश्वव्यापी खोपसम्बन्धमा आयोजना गरेका उच्च–स्तरीय बहसलाई आज यहाँबाट सम्बोधन गर्दै उनले महामारीको रोकथामका लागि विश्वव्यापी खोप नै भरपर्दो माध्यम भएको बताए। निष्पक्ष रुपमा खोपको प्राप्तिलाई प्रवद्र्धन गर्नेतर्फ सबैको ध्यान केन्द्रित गर्नुपर्नेमा परराष्ट्रमन्त्री खड्काले जोड दिए । 

कोभिड–१९ महामारीका कारण गरिब देशहरू ठूला आर्थिक चुनौतीबाट पिरोलिएका यथार्थ प्रस्तुत गर्दै मन्त्री खड्काले ती देशहरूलाई उनीहरूको अर्थतन्त्रलाई पुनरुत्थान गर्न लचिलो र जन–केन्द्रित पुनरुत्थान योजना र स्रोतको परिचालन अत्यावश्यक भएको बताए । 

नेपालमा खोपमा भएको प्रगतिबारे जानकारी दिँदै उनले आगामी चैत मसान्तसम्म १२ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाइसक्ने लक्ष्य निर्धारण गरिएको समेत बताए । उनले नेपाललाई खोप उपलब्ध गराउने उदार सहयोगका लागि छिमेकी र अन्य मित्रराष्ट्र, विकास साझेदार र गाभी कोभ्याक्सप्रति आभार व्यक्त गरे । 

संयुक्त राष्ट्रसधंको ७६औं महासभाको प्राथमिकताका विषयका रूपमा ‘कोभिड–१९ बाट मुक्ति’लाई केन्द्रमा राखेर महासभाका अध्यक्षले बहस आयोजना गरेका थिए । कार्यक्रममा १२० भन्दा बढी देशका नेताले भाग लिएका थिए । 
 


#काेराेना माहामारी #संयुक्त राष्ट्रसंघ

प्रतिकृया दिनुहोस