२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

युक्रेन प्रवेश गरे रुसी सैनिक

एजेन्सी बिहिबार १२, फागुन २०७८ १०:३१

युक्रेन प्रवेश गरे रुसी सैनिक
तस्बिरः अलजाजिरा ।

काठमाडौं । युक्रेनको डोनबास क्षेत्रमा विशेष सैन्य कारबाहीको घोषणा गरेको केही घण्टापछि युक्रेनको सीमाभित्र रुसी सैनिक प्रवेश गरेका छन् ।

रुसी सैनिकहरू युक्रेनको खारकिभ क्षेत्रतर्फ अघि बढेको युक्रेनी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले जनाएका छन् ।

युक्रेनका विदेशमन्त्रीले रुसले युक्रेनमा हमला गर्न सुरु गरिसकेको दाबी गर्दै यसमा युक्रेन रक्षात्मक रुपमा उभिने बताए ।

युक्रेनको राजधानी किभमा केहि समयअघि विस्फोटको आवाज सुनिएको बीबीसीले उल्लेख गरेको छ । किभमा विस्फोटको आवाज सुनिएपछि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले शान्ति स्थापनाका लागि आह्वान गरेको छ ।

यता रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने युक्रेनमा हमला गर्ने कुनै योजना नभएको बताउँदै आएका छन् ।


#युक्रेन #रूस # सैन्य कारबाही

प्रतिकृया दिनुहोस