२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

बिहीबारको संसद् बैठकमा एमसीसी छलफलका लागि प्रस्तुत हुने

- विशेष खबर बुधबार ११, फागुन २०७८ ०४:२८

बिहीबारको संसद् बैठकमा एमसीसी छलफलका लागि प्रस्तुत हुने

काठमाडौं । संघीय संसद्को बिहीबारको बैठकमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसनसँग भएको अनुदान सहायता सम्झौतामाथि छलफल हुने भएको छ । संसद् सचिवालयले बैठकमा सरकारले एमसीसीमाथि छलफलकालागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची तय गरेको हो।

संघीय संसद्का महासचिव भरतराज गौतमले बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौता माथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव पेश गर्ने कार्यसूची रहेको जानकारी दिए ।

त्यस्तै, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले महान्यायधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ । बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।


#संघीय संसद् #एमसिसि

प्रतिकृया दिनुहोस