२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

एमसीसीमा सहमति जुटाएर शुक्रबार टेबल हुन्छ: कानुनमन्त्री बडू

- विशेष खबर बुधबार ०४, फागुन २०७८ ०३:०२

एमसीसीमा सहमति जुटाएर शुक्रबार टेबल हुन्छ: कानुनमन्त्री बडू

काठमाडौं । कानुन,न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडूले सरकारले दुईदिन सहमति खोज्ने र समझदारीको आधारमा शुक्रबारको प्रतिनिधिसभाको बैैठकमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता टेवल गर्ने बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबारको बैठकमै एमसीसी टेवल गर्न सभामुखलाई आग्रह गरेका थिए । तर, सत्ता गठबन्धन दलहरूबीचमै एमसीसीबारे मतभेद चर्किएपछि सरकारले गठबन्धनमा थप छलफल गरेर शुक्रबारको बैठकमा टेवल गर्ने तयारी गरेको हो । बुधबारको प्रतिनिधि सभाको बैठकपछि कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सबैले मिलेर जाने वातावरण बनाउन खोजिएको उल्लेख गरे ।

सत्ता घटक नेकपा माओवादी केन्द्रको बुधबार बिहान बसेको संसदीय दलको बैठकले एमसीसी सम्झौता अघि बढाए त्यसको विपक्षमा मतदान गर्ने र सरकारबाट बाहिरिने निर्णय गरेको थियो । त्यसलगत्तै अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।


#एमसीसी #दिलेन्द्र बडू #प्रतिनिधिसभा

प्रतिकृया दिनुहोस