२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

युक्रेनी राष्ट्रपतिद्वारा फेब्रुअरी १६ मा रूसी आक्रमण हुन सक्ने संकेत

एजेन्सी मङ्गलबार ०३, फागुन २०७८ ०२:४२

युक्रेनी राष्ट्रपतिद्वारा फेब्रुअरी १६ मा रूसी आक्रमण हुन सक्ने संकेत

युक्रेन । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार समाजिक सन्जाल फेसबुक पोस्ट गर्दै फेब्रुअरी १६ मा रूसी आक्रमण हुन सक्ने घोषणा गरेकाछन्। युक्रेन र रुसबीच बढ्दो तनावबीच यो घोषणा आएको हो ।

जेलेन्स्कीले राष्ट्रका नाममा सम्बोधन गरेको विषय फेसबुकमा पोस्ट गर्दै, 'हामीलाई भनिएको छ कि फेब्रुअरी १६ आक्रमणको दिन हुनेछ' उनले लेखेका छन् ।

उनले युक्रेनले बुधबार एकता दिवस मनाउने समेत बताएका छ्न् । यस सम्बन्धी अध्यादेशमा हस्ताक्षर भइसकेको बताइएको छ । रुसले युक्रेनी सीमानजिकै एक लाखभन्दा बढी सेना परिचालन गरेको छ । सेनाको उपस्थितिले अमेरिका र नाटो सहयोगीहरू बीच चिन्ता  र तिक्तता बढाएको छ। तर रुसले निरन्तररूपमा आक्रमणको कुनै योजना नभएको बताउँदै आएको छ ।

युक्रेन, रुस र नाटो राष्ट्रहरूका अधिकारीहरूले यस क्षेत्रमा तनाव कम गर्ने आशाका साथ पछिल्ला दिनहरूमा कूटनीतिक छलफललाई तिव्रता दिंदै आएका छन् । तर वार्ताले कुनै सफलता भने हाँसिल गर्न सकेको छैन।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गर्दै रुसले युक्रेनमा आक्रमण गरेमा 'छिटो र गम्भीर लागत' लाग्ने बताएका थिए। बाइडेन प्रशासनका अधिकारीहरूले युक्रेनमाथि "अब कुनै पनि दिन" आक्रमण हुन सक्ने चेतावनी दिएका छन्।


#युक्रेन #रुस

प्रतिकृया दिनुहोस