२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

तुलसीपुरकाे जुत्ता पसलमा आगलागी, पाँच जनाको मृत्यु

- विशेष खबर शुक्रबार २८, माघ २०७८ ०९:१३

तुलसीपुरकाे जुत्ता पसलमा आगलागी, पाँच जनाको मृत्यु

दाङ । तुलसीपुरको एक घरमा गए राति भएको आगलागीबाट निसास्सिएर पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  तुलसीपुर–उपमहानगरपालिका–५ का १४ वर्षीया साजिता खातुन, १४ वर्षीय हसन बकस, १६ वर्षीय मसिन बकस, ४० वर्षीय नअरदिन अली  र  ६ वर्षीय आविददिन अलि रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

तुलसीपुर–५ ‘ङ’ लाइनस्थित चप्पल गोदाममा आज बिहान २ बजे आगलागी भएको हो । आगलागीलगत्तै उद्धार गरिएता पनि आगो नियन्त्रण बाहिर गएकाले निसास्सिएर मृत्यु भएको हो । आगो कम भएपछि बिहान साढे ७ बजेतिर शव निकालिएको हो । तीमध्ये घरको तेस्रो तलाबाट तीन र चौथो तलाबाट दुई जनालाई निकालिएको हो । पाँचै जनाको निसास्सिएर मृत्यु भएको प्रहरीले बताएको छ । इरम फुटवेयर चप्पल गोदाममा आगलागी भएको थियो । विद्युत्को मिटर पड्किँदा आगलागी भएको प्रहरीले जनाएको छ ।

पहिलो तलाबाट आगलागी सुरु भएको र तेस्रो तला तथा दोस्रो तलामा सुतेका उनीहरुलाई आगो नियन्त्रणभन्दा बाहिर गएकाले उद्धार गर्न नसकेको बताइएको हो । अहिले पाँचै जनाको शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासी, जनप्रतिनधिलगायत रातिदेखि उद्धारमा खटिए पनि आगो नियन्त्रण आउन नसक्दा मानवीय क्षति हुन पुगेको हो ।

यसैबीच पाँच जनाको निसास्सिएर मृत्यु भएपछि तुलसीपुर बजार शोकमा डुबेको छ । तुलसीपुर उद्योग वाणिज्य सङ्घले आज शोकमा एक दिन बजार बन्द गर्ने निर्णय गरेको सङ्घका महासचिव विनिल केसीले जानकारी दिए ।

तुलसीपुर उपमहानगरपालिका–५ ङ लाइनस्थित इरम फुटवेयर जुत्ता चप्पल पसलमा भीषण आगलागी भएको छ । आगलागीमा पाँच जनाको घरभित्रै फसेर मृत्यु भएको छ ।

राति करिब पौने दुई बजेदेखि लागेको आगो बिहानसम्म पनि नियन्त्रणमा नआएपछि भित्र फसेकालाई उद्धार गर्न कठिन भएको थियो । उनीहरुलाई बिहान बेहोस् अवस्थामा फेला पारी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको र सबैको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।  

तुलसीपुर उपमहागनरपालिकाको दमकल, घोराही उपमहानगरपालिकाको दमकल, जनपथ प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी, स्थानीयले आगो निभाउन रातभर प्रयास गरेका थिए । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अर्यालले बताए ।

 


प्रतिकृया दिनुहोस