२०८१ बैशाख २४ गते सोमबार | 6 May, 2024

नेविसंघ : विधानसम्मत महाधिवेशनको माग गर्दै नेतृत्वलाई झण्डा हस्तान्तरण

- विशेष खबर बिहिबार २७, माघ २०७८ ०६:०८

नेविसंघ : विधानसम्मत महाधिवेशनको माग गर्दै नेतृत्वलाई झण्डा हस्तान्तरण

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विधानसम्मत महाधिवेशनको माग गर्दै बिहीबार नेतृत्वलाई दबाब दिएको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक चलिरहँदा नेविसंघका नेताहरूको एक समूहले दबाबपूर्ण प्रदर्शन गरेको हो ।

तर उक्त प्रदर्शन अघिल्ला आन्दोलनभन्दा फरक शैलीको देखिएको छ । प्रदर्शनको क्रममा विद्यार्थी नेताहरूले चर्का नारावाजी गर्नुको सट्टा सिर्जनात्मक शैली अपनाएका छन् । उनीहरूले नेविसंघको झण्डाको चित्र कोरेर नेताहरूलाई बुझाएका हुन् ।

पार्टीका नेता कृष्ण प्रसाद सिटौला, प्रदीप पौडेल निकटका विद्यार्थीहरूको समूहले महाधिवेशनको माग गर्दै नेतृत्वलाई दबाब दिएको हो । पूर्वकेन्द्रीय सदस्य सुशील भट्ट , रत्नहरी ढुंगेल, नवराज त्रीपाठी, पूर्व सहमाहमन्त्री प्रमेश्वर साह, तरुण दलका नेता भागवत रेग्मी, विद्यार्थी नेताहरू हरी आचार्य, दीपक ओझा, जीवन राना, कीरण भट्टराई , सन्तोष गुरुङ लगायत नेताहरूको नेतृत्वमा सानेपास्थित पार्टी कार्यालय अगाडि महामन्त्री विश्वप्रकास शर्मालाई झण्डाको चित्र हस्तान्तरण गरेका हुन् ।

पार्टी कार्यालयमा बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा नेविसंघको महाधिवेशनसहित विभिन्न विषयमा छलफल हुने कार्यक्रम रहेको छ । नेविसंघको महाधिवेशन माग गर्दै विद्यार्थीहरूले यसअघि नै नेताहरूको ध्यानाकर्षण गराउँदै आएका छन् ।


#नेविसंघ #महाधिवेशन

प्रतिकृया दिनुहोस