२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

रोयल्टी नबुझाएपछि याक एण्ड यतिको क्यासिनाे इजाजत र ५ तारे स्तर वर्गीकरण रद्द

- विशेष खबर बुधबार २६, माघ २०७८ १०:१६

रोयल्टी नबुझाएपछि याक एण्ड यतिको क्यासिनाे इजाजत र ५ तारे स्तर वर्गीकरण रद्द

काठमाडौं । सरकारलाई ४२ करोड रोयल्टी नबुझाएपछि याक एण्ड यति होटलको इजाजत रद्द भएको छ । पटक-पटक ताकेता गर्दा पनि रोयल्टी नबुझाएको भन्दै बुधबार मन्त्रीस्तरीय निर्णयबाट याक एण्ड यति होटल दरबारमार्गको ५ तारे स्तर वर्गीकरण र क्यासिनोको इजाजजपत्र रद्द गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले जनाएको छ ।

इजाजत रद्द भएसँगै उक्त होटलको बैंक खातासमेत रोक्का भएको छ । पर्यटन मन्त्रालयले त्यस होटलको नाममा २०४८ पुस २२ मा क्यासिनो सञ्चालनको इजाजतपत्र जारी गरेको थियो । होटल र क्यासिनोले बुझाउनुपर्ने रोयल्टी र इजाजतपत्र नवीकरण दस्तुर ४२ करोड २५ लाख ६८ हजार २५३ रुपैयाा ४२ पैसा बुझाउन बाँकी रहेको भन्दै पर्यटन विभागले होटल र क्यासिनो बन्द गर्न निर्देशन दिएको हो ।

सरकारलाई तिर्नुपर्ने रोयल्टी, इजाजत नवीकरण दस्तुरलगायतको रकम होटलले दाखिला नगरेका कारण क्यासिनो सञ्चालन इजाजतपत्र र होटल स्तर वर्गीकरण प्रमाणपत्र रद्द गरेको पर्यटन विभागले हाेटललाइ पठाएकाे पत्रमा उल्लेख छ । 


प्रतिकृया दिनुहोस