२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

६ दिनदेखि हराएका युवकको वाग्मती किनारमा शव भेटियो

- विशेष खबर बुधबार २६, माघ २०७८ ०६:३४

६ दिनदेखि हराएका युवकको वाग्मती किनारमा शव भेटियो

काठमाडौं । ६ दिनदेखि हराइरहेका काठमाडौं गोकर्णेश्वरका एक युवकको बुधबार शव भेटिएको छ ।

गोकर्णेश्वर नगरपालिकाका २७ वर्षका शिशिर भण्डारीको शव बुधबार गोकर्णेश्वर नगरपालिकाकै ओख्रेनी जाने बाटोमा वाग्मती किनारमा शव भेटिएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेश मैनालीले जानकारी दिए ।

भण्डारी २० माघदेखि हराएको भनी महानगरीय प्रहरी वृत्त वौद्धमा उजुरी परेको थियो । शव भेटिएको सूचना पाएपछि प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ ।


प्रतिकृया दिनुहोस