२०८१ मङि्सर ०९ गते आइतबार | 24 November, 2024

वर्षा र हिमपात आज पनि नराेकिने, भोलिदेखि मौसम सुधारकाे सम्भावना

- विशेष खबर शनिबार २२, माघ २०७८ ०८:५८

वर्षा र हिमपात आज पनि नराेकिने, भोलिदेखि मौसम सुधारकाे सम्भावना

काठमाडाैं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव नेपालमा जारी रहेका कारण हिमपात र वर्षा भइरहेकाे छ। यतिबेला प्रदेश १, मधेस, वाग्मती र गण्डकी प्रदेशमा मौसम सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार शनिबार दिउँसो प्रदेश नं १, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश नं १, मधेस, वाग्मती र गण्डकीका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। देशका पूर्वी तथा मध्य भेगका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

यस्तै आज राति प्रदेश १, मधेश र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी भेगमा मौसम आंशिक बदली रहनेछ। तराईमा भने मौसम सामान्यतया सफा रहने जानकारी महाशाखाले दिएको छ। 

आइतबार दिउँसो देशभर मौसम आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने राति प्रदेश १ र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

यस्तै सोमबार दिउँसो प्रदेश नं १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ। देशका मध्य तथा पश्चिमी भेगका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा भने हल्का हिमपात हुने सम्भावना छ। राति प्रदेश नं १, मधेस, वाग्मती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। देशका पूर्वी भेगका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको जानकारी महाशाखाले दिएको छ। 


प्रतिकृया दिनुहोस