- विशेष खबर शनिबार २२, माघ २०७८ ०८:३३
काठमाडौं । सुनसरीमा ट्रक र बस ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् ।
शुक्रबार राति भोक्राहा नरसिंह नगरपालिका-३ र ६ को सीमा क्षेत्र खुनिया खोला पुलमा पूर्वतर्फ जाँदै गरेको ना५ख २९९६ नम्बरको ट्रक र पश्चिमतर्फ आउँदै गरेको ना८ख ८४९३ नम्बरको बस ठोक्किएका थिए ।
दुर्घटनापछि दुवै सवारीमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बस चालक पाँचथरका सुरेन राई, बसमा सवार एक जना पुरुष र ट्रक चालक रहेका छन् ।
प्रतिकृया दिनुहोस