- विशेष खबर बिहिबार २०, माघ २०७८ ०७:४२
काठमाडाैं । ललितपुरको ठेंचोमा गाडिएको अवस्थामा एक जनाको शव फेला परेको छ।
माेरङमा माघ १३ गते फेला परेका दुइ शवकाे अनुसन्धानका क्रममा पक्राउ परेकाबाट पाएकाे सूचनाका अाधारमा बिहीबार यहाँ शव भेटिएकाे हाे ।
गत माघ १३ गते मोरङको धनपालथान- ७ बोर्डिङ टोलस्थित उखुबारीमा दुई शव फेला परेको थियो। सोही घटनामा बेपत्ता रहेका एक जनाको शव ललितपुरमा फेला परेको महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिएका छन् ।
बेपत्ता रहेका ६२ वर्षीय मोहन लिम्बूकाे शव ठेंचोमा एक घरकाे पछाडि गाडिएको अवस्थामा फेला परेकाे उनले बताए ।
माघ १३ गते मोरङमा सुनसरी धरान ३ घर भई भक्तपुरमा बस्दै आएका राजेन्द्रकुमार श्रेष्ठ र सप्तरीका शम्भू चौधरी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएकाे छ । प्रहरीले घटनामा संलग्न केहीलाई पक्राउ समेत गरेको छ। उनीहरूसँग सोधपुछ गर्दा ललितपुरमा पनि शव फेला पारेको हाे ।
प्रतिकृया दिनुहोस