२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

काबुलमा नियमित विद्यूत आपुर्तिमा समस्या, ५८० भन्दा कम्पनी बन्द हुने अवस्थामा

एजेन्सी बुधबार १९, माघ २०७८ ०७:२७

काबुलमा नियमित विद्यूत आपुर्तिमा समस्या, ५८० भन्दा कम्पनी बन्द हुने अवस्थामा

काबुल । नियमित विद्यूत आपूर्तिको कमीका कारण अफगानिस्तानको राजधानी शहर काबुलमा कम्तीमा ५८० उद्योगहरूको नियमित उत्पादन बन्द हुने अवस्थामा पुगेको बताइएको छ ।

अफगानिस्तानी उद्योग तथा खानी कक्ष (एआईएमसी) शेरबाज कामिन्जाडाले बुधबार स्पुत्निकसँग भने, 'उद्यमहरू नियमित हुन नसक्दा करिब चार हजार ५०० कामदारहरूले आफ्नो रोजगारी गुमाउने अवस्था आएको छ ।'

राजधानी शहर काबुलमा विद्यूतको अभाव भएको गुनासोबीच मध्य एशियाली राज्यहरू उज्वेकिस्तान, कजाकिस्तान र किर्गिस्तान समावेश भएको विद्युत प्रणालीमा पाइने प्राविधिक समस्याका कारण उज्बेकिस्तानबाट विद्युत प्रसारण रोकिएको टोलो न्यूजले बताएकाे छ ।

सन् २०२१ को नोभेम्बरमा अफगान राष्ट्रिय ऊर्जा कम्पनीले अफगानिस्तानलाई आवश्यक पर्ने ऊर्जाको मात्रा ८५० मेगावाट रहेको उल्लेख गरेको थियो । छिमेकी मुलुकहरूबाट ६२० वाट ऊर्जा उपलब्ध गराइएको स्पुतनिकले जानकारी दिएकाे छ ।

यसअघि जनवरीमा उज्बेकिस्तानले अफगानिस्तानमा विद्युत् आयात घटाएको थियो । जसका कारण अफगानिस्तानका विभिन्न प्रान्तमा विद्युत् आपूर्तिमा अवरोध उत्पन्न भएको हो ।

जनवरी २५ मा यस क्षेत्रमा ठूलो विद्युत अवरोध हुँदा उज्बेकिस्तानले अफगानिस्तानमा निर्यात विद्यूतलाई काटेको थियो भने यसलाई मंगलबारदेखि पुनः स्थापित गरिएको छ ।


प्रतिकृया दिनुहोस