- विशेष खबर सोमबार १७, माघ २०७८ ०२:५७
काठमाडौं । कोरोनाकाे तेस्रो लहरका कारण रोकिएको त्रिभुवन विश्वविद्यालयका परीक्षाहरू आगामी फागुनमा हुने भएको छ।
विश्वविद्यालयका पदाधिकारीकाे सोमबार बसेको बैठकले काेराेनाका कारणा राेकिएका विभिन्न संकायका परीक्षा फागुनमा गर्ने निर्णय गरेको हो।
कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै त्रिविले माघ ९ गतेदेखि परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो। केही दिनयता कोराेना संक्रमण घट्दो क्रममा रहेकाले स्थगित परीक्षाबारे निर्णय गर्न त्रिवि पदाधिकारीको बैठक बसेको हो।
संक्रमण बढेसँगै त्रिवि, पूर्वाञ्चल विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालयले बीचमै परीक्षा स्थगित गरेका थिए।
स्थगित गरिएका परीक्षाहरू फागुन महिनामा सञ्चालन हुने गरी तालिका सार्वजनिक गरिन लागेका त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए ।
प्रतिकृया दिनुहोस