२०८१ मङि्सर ०९ गते आइतबार | 24 November, 2024

माघ मसान्तसम्म भौतिक उपस्थितिमा पढाइ सञ्चालन नगर्न सीसीएमसीसीकाे सिफारिस

- विशेष खबर शनिबार १५, माघ २०७८ ०८:१४

माघ मसान्तसम्म भौतिक उपस्थितिमा पढाइ सञ्चालन नगर्न सीसीएमसीसीकाे सिफारिस

काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले माघ मसान्तसम्म भौतिक उपस्थितिमा पठन पाठन नगर्न सिफारिस गरेको छ ।

शुक्रबार बसेको सीसीएमसीसीकाे बैठकले अहिलेपनि कोरोना महामारीको जोखिम रहेकाले माघ मसान्तसम्म भौतिक उपस्थितिमा पढाइ सञ्चालन नगर्न मन्त्रिपरिषदमा सिफारिस गरेको हो ।

सीसीएमसीसीका सचिव रामप्रसाद थपलियाले जनस्वास्थ्यका विज्ञहरुले मानिसहरुबीच सम्पर्क कम गर्नुपर्ने सुझाव दिएकाले भौतिक उपस्थितिमा पढाइ सञ्चालन नगर्न सिफारिस गरेको बताए । वैकल्पिक माध्यमबाट पढाइ संचालन भने गर्न सक्नेछन् । 

यसअघि सरकारले माघ १५ गतेसम्म भौतिक उपस्थितिमा पढाइ सञ्चालन नगर्ने निर्णय गरेको थियो । माघ १५ गतेदेखि २० गतेसम्म बालबालिकालाई खोप लगाउनका लागि विद्यालयहरु भने खुल्नेछ ।


प्रतिकृया दिनुहोस