२०८१ बैशाख २५ गते मङ्गलबार | 7 May, 2024

सार्वजनिक सवारीमा जोर बिजोर हटाउन सीसीएमसीसीकाे सिफारिस

- विशेष खबर शुक्रबार १४, माघ २०७८ ०७:००

सार्वजनिक सवारीमा जोर बिजोर हटाउन सीसीएमसीसीकाे सिफारिस

काठमाडौं । कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले ट्याक्सीबाहेकका सार्वजनिक सवारी साधनबाट जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ ।

सीसीएमसीसीले मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर सार्वजनिक सवारीको जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको हो ।सार्वजनिक सवारीमा भिड बढ्दा झनै जोखिम पनि बढेकाले जोरबिजोर प्रणाली हटाउने निर्णय भएको सीसीएमसीसीले जनाएको छ ।

निजी र ट्याक्सीबाहेकका सार्वजनिक सवारीमा जोर बिजोर हटाउन सिफारिस गर्ने निर्णय भएको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।

यस्तै, यसअघि सिफारिस गरिएका डान्सबार, सिनेमा हल, क्लब लगायतलाई माघ १५ गते गतेसम्म बन्द गरिएकोमा माघ मसान्तसम्म लम्ब्याउन सिफारिस गरिएको छ।  शैक्षिक संस्थाहरू पनि माघ मसान्तसम्म बन्द गर्न सिफारिस गरिएको प्रवक्ता नेपालले बताइन्। 

‘हामीले शैक्षिक संस्थाहरू बन्द गर्न सिफारिस गरे पनि वैकल्पिक र अनलाइन माध्यमबाट पढाइ सञ्चालन गर्न भनेर सिफारिस गरेका छौं,’ उनले भने। 

कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिएपछि विश्वविद्यालयहरूले पनि सञ्चालनमा रहेको परीक्षाहरू स्थगित गरेको थियो। त्यसलाई पनि स्वास्थ्यका मापदण्डहरू पालना गरी सञ्चालन गर्न सिफारिस भएको उनले बताइन्। 


#सीसीएमसीसी #काेराेना संक्रमण

प्रतिकृया दिनुहोस