२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

नेपालमा काेराेना सक्रिय संक्रमित ९० हजार नाघे

- विशेष खबर बुधबार १२, माघ २०७८ ०५:०७

नेपालमा काेराेना सक्रिय संक्रमित ९० हजार नाघे

काठमाडौं । नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ९० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको कोभिड १९ प्रेस ब्रिफिङमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले बुधबार थपिएको ८ हजार ४५४ सहित सक्रिय संक्रमितको संख्या ९० हजार ६७ पुगेको जानकारी दिएका हुन् । 

सक्रिय संक्रमितमध्ये ८८ हजार २४८ जना होम आइसोलेसनमा स्वास्थ्यलाभ गरिरहेको र १ हजार ८१९ जना संस्थागत आइसोलेसनमा रहेको उनले बताए ।

उनका अनुसार २५१ जना आइसीयूमा र ४८ जना भेन्टिलेटरमा उपचाररत रहेको निर्देशक पौडेलले जनाए । संस्थागत क्वारेन्टाइनमा १ सय ७१ रहेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार ४५४ संक्रमित थपिएका छन् भने ४ हजार ४३३ निको भएका छन् । २४ घण्टामा ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


#कोरोना भाइरस #सक्रिय संक्रमित #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

प्रतिकृया दिनुहोस