२०८१ मङि्सर ०९ गते आइतबार | 24 November, 2024

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८०, १० वर्षमा २७ लाख थपिए

- विशेष खबर बुधबार १२, माघ २०७८ ०१:२२

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८०, १० वर्षमा २७ लाख थपिए

काठमाडौं । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । केन्द्रीय तथ्यांक विभागले आज गत मंसिरमा सम्पन्न जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गरेको हो ।

तथ्यांक विभागका अनुसार महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ छ ।

अघिल्लो पटकको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो ।

अघिल्लो पटकको तुलनामा जनसंख्या वृद्धिदर घटेको विभागले जनाएको छ । विभागका अनुसार यसपटक ०.९३ प्रतिशत वृद्धिदर छ । अघिल्लोपटक एक प्रतिशतभन्दा बढी जनसंख्या वृद्धिदर थियो ।

जनघनत्व १९८ जना प्रतिवर्गकिलोमिटर छ । विभागका अनुसार विदेशमा बसोबास गर्ने नेपालीको संख्या २१ लाख ६९ हजार ४७८ छ ।


प्रतिकृया दिनुहोस