- विशेष खबर आइतबार ०९, माघ २०७८ ०७:१५
काठमाडौं । ५० जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण देखिएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले एक साताका लागि नियमित खोप कार्यक्रम बन्द गरेको छ ।
कोरोनाविरुद्धको खोप अभियानमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीसहित ५० जनाभन्दा बढीमा कोरोना संक्रमण देखिएकाले १० माघ सोमबारदेखि १६ माघ आइतबारसम्म सात दिन नियमित खोप कार्यक्रम बन्द गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालमा कोरोना भाइरसविरुद्धको पहिलो मात्रा, पूर्ण मात्रा र बुष्टर डोज उपलब्ध गराउँदै आएको थियो ।
प्रतिकृया दिनुहोस