शनिबार २०, बैशाख २०७७ ११:४७
धनगढी । भारतीय सीमा नाका बैतडीकाे झुलाघाटबाट उद्दार गरेर ल्याइएका एक नेपालीको मृत्यु भएको छ ।
बैतडीको पुर्चौंडी नगरपालिका ६ मनकालीका ६७ वर्षीय जुने लुहारको शनिबार बिहान क्वारेन्टाइनमा लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी बिहीबार भारतको झुलाघाट नाकाबाट भित्रिएका थिए ।
बिहीबार झुलाघाट र धार्चुला नाकाबाट २ हजार ६९५ नेपाली स्वदेश फर्किएका थिए । ती मध्ये पुर्चौंडी नगरपालिकाका मात्रै ८४८ जना छन् ।
प्रतिकृया दिनुहोस