२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

कोरोना भाइरसको पीसीआर शुल्क घट्यो

- विशेष खबर बुधबार ०५, माघ २०७८ ०६:५३

कोरोना भाइरसको पीसीआर शुल्क घट्यो

काठमाडाैं । सरकारले कोरोना भाइरसको  पीसीआर परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोभिड–१९ को  पीसीआर परीक्षणको शुल्कमा समायोजन गरिएको बताए । 
    
उनका अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा ८०० र निजी अस्पताल तथा प्रयोगशालामा एक हजार ५०० रूपैंया भन्दा बढी लिने नपाउने गरी नयाँ शुल्क तोकिएको छ।

सरकारले यसअघि सरकारी अस्पताल तथा प्रयोगशालामा एक हजार र निजी अस्पताल तथा प्रयोगाशालाले दुई हजार लिने गरेका थिए । कोरोनाको लक्षण देखिएका सबैको सरकारी अस्पताल तथा प्रयोगशालाले निःशुल्क पीसीआर परीक्षण गरिने गरिरहेको छ । 


प्रतिकृया दिनुहोस